मनोरञ्जन
मिस्टर नेपालगन्ज सिजन-२ को अडिशन शनिबार हुँदै

नेपालगन्ज २४ भदौ-मिस्टर नेपालगंजको अडीशन हुने भएको छ ।सयपत्री फाउन्डेसनको आयोजनामा यहि शनिवार अडिशन सत्र हुने आयोजकले जनाएको छ। १४ देखि २५ बर्ष उमेर समूहलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व तथा नेतृत्त्व बिकास गर्ने उद्देश्यले सिजन-२ गर्न लागिएको आयोजक प्रेमा ओलीले जानकारी दिनुभयो। अडीशन बाट १२ जना छनौट गरिने आयोजक ओली ले बताउनु भयो। अडीशन निर्णायक को रुपमा युवा अभियान्ता साहिल अन्सारी,मिस नेपालगंज २०१९ सन्ध्या शाह ठकुरी, इभेन्ट आयोजक पेरना नेपाली र मिस्टर दाङ २०१९ को रनर-अप योग्य बराईली रहेका छन् ।कार्यक्रम संचालन मिस्टर नेपालगंज २०१९ का बिजेता सुबाष खडकाले गर्ने समेत आयोजकले जनाएको छ ।