नवलपरासी म्यादी प्रहरीमा माग भन्दा झण्डै चार गुणा बढिको आवेदन ! फाइनल नतिजा २५ असोजमा ।

१२ असोज ,नेपालगन्ज
आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् । सरकारले मंसिर देखि ६ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेकाे थियाे । यस अवधिका नवलपरासी पश्चिम बाट ४ हजार ७ सय १९ जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमध्ये नौ सय ९६ महिला रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब निरीक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । सोमबार शारीरिक तन्दुरुस्ती छनाेट प्रक्रिया सकिएको थियो ।
उनका अनुसार म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएदेखि ४० दिनसम्मको हुनेछ। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ ।
लिखित परिक्षामा सहभागीहरुको नतिजा भोलिपल्ट प्रकाशन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने फाइनल नतिजा यही २५ असाेजमा सार्वजनिक गरिने छ ।



