
नवलपरासी पश्चिम/२० मंसिर नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौली स्थित गण्डक नहर सडक खण्ड सडकमा भयानक दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । झुलनिपुर देखि गुठी सुर्यपुरा जाँदै गरेको भारतिय प्लेट युपी ५६ एफ ४१७७ नम्बरको मोटरसाइकल राति साढेे आठ बजे आफै अनियन्त्रित भई पल्टिँदा प्रतापपुर गाउँपालिका वडा नं ७ सुर्यपुरा बस्ने धन बहादुर नेटुवाको छोरा अन्दाजी बर्ष २० का राहुल नेटुवाको टाउकोमा गम्भीर चोट लागेको थियोे ।
नेटुवाको टाउकोमा गम्भीर चोट रहेको निजलाई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा उपचारको क्रममा सोही दिन १० बजेर २० मिनेटमा डाक्टरले मृत घोषणा गरेको हो भने मोटरसाइकल पछाडि बस्ने सोही ठाउँका अक्बारको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए । त्रिवेणी – झुलनिपुर गण्डक नहर सडक खण्डमा बढि सडक दुर्घटना हुने गरेको स्थानियहरु बताउछन् ।