लुम्बिनी
जुनियर जेसिस र बालक्लब संजालले मनाए संबिधान दिवस

नेपालगंज असोज ३- नेपालगंज र जुनियर जेसिस र उपमहानगर स्तरीय बालक्लब संजालको सयुंक्त आयोजनामा सातौ संबिधान दिवसको अवसरमा नेपालगंजको बिपी चौकमा दिपावली गरि मनाएको छ। नेपालको संबिधान २०७२ ले बालबालिकाहरुको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको भन्दै संबिधान दिवस लाई भब्य रुपमा मनाएको हो। सो कार्य्रक्रममा वक्ताहरुले संबिधान को रक्षा गर्न आम नागरिकहरु सदैव तत्पर रहनुपर्ने जोड दिएका। हुन साथै संबिधानलाई कार्यन्वयन गर्न सबैले जोड दिनुपर्ने वक्ताहरुले जिकिर गरेका हुन्। सो कार्यक्रममा नेपालगंज जुनियर जेसिसका अध्यक्ष बसन्त बस्नेत, सामाजिक अभियन्ता प्रकाश कुँवर र बालअधिकारकर्मी साहिल अन्सारीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।




