लुम्बिनी

अनाबियाको न्यायका निम्ति बिहिवार बृहत नागरिक आन्दोलन गरिने

नेपालगंज- न्यायका निम्ति नेपालगंजमा यहि बिहिवार दबाबमूलक बृहत नागरिक आन्दोलन हुने भएको छ।

भाद्र ७ गते नेपालगंज त्रिभुवन चौक नजिक मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएकी नेपालगंज उपमहानगरपालिका-११ कि अढाई बर्षीय बालिकाको न्यायको निम्ति बृहत नागरिक आन्दोलन गरिने भएको छ ।

अहिले सम्म प्रशासनले दोषीको खोज अनुसन्धान गरि पक्राउ नगरेको  साथै आफु हरुले पटक पटक आवाज उठाउदा समेत १ महिना भैसक्दा समेत आफु हरुको कुनै आवाज नसुकेको भन्दै आन्दोलन गर्नुपर्ने पिडित पक्षले बताएको छ।

मृत्यु भएको बालिकाको १ महिना पुगेको अवसरमा त्रिभुवन चौकमा यहि असोज ७ गते दिउसो १ बजे बृहत कोणसभा गरिनेछ सो आन्दोलनमा गैरराजनीतिक रुपमा न्यायको निम्ति सहभागी हुन् पिडित परिवारका अलताफ हुसैन राईले आग्रह समेत गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button