राजनीति

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादका बीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा  बढाइएको छ ।

पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बताउँदै आएका छन् ।
प्रधानन्यायाधीश आफ्नो सीमा नाघेर व्यक्तिगत लाभको कार्यमा लागेको आरोपसहित न्यायालयमा विवाद देखिएको हो ।

रातोपाटीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button